भेनिस फिल्म फेस्टिभलमा पेनलोप क्रुजलाई दोस्रो अवार्ड

इटली - पेनलोप क्रुज शनिबार राति सम्पन्न भेनिसको ७८ औं संस्करणमा दोस्रो पटक उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । उनले पेड्रो अल्माडोर निर्देशित फिल्म ‘प्यारालल मदर्स’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । पेनलोपले पेड्रो कै फिल्म ‘भोल्भर’बाट पहिलो पल्ट भेनिसमा ट्रफी उचालेकी थिइन् ।
सेप्टेम्बरको १ देखि ११ तारिखसम्म चलेको महोत्सवमा भेनिसको सर्वोत्कृष्ट पुरस्कार गोल्डेन लायन भने एन्ड्री दिवान निर्देशित फिल्म ‘हयापिनिङ’ले जित्यो ।
यसैगरी दोस्रो ठूलो पुरस्कार सिल्भर लायन पाउलो सोरेन्टिनो निर्देशित ‘ह्यान्ड अफ गड’ले जित्यो ।
निर्देशनततर्फको यही अवार्ड ‘दि पावर अफ डग’का लागि जेन क्याम्पियनले जितिन् । ‘प्यारासाइट’ निर्देशक बङ जून हुले नेतृत्व गरेको निर्णायक टोलीले उत्कृष्ट अभिनेताको अवार्ड भने जोन आर्किलालाई प्रदान गरेको थियो ।
निर्णायकको टोलीमा गत सालकी गोल्डेन लायन विजेता क्लोइ झाओ पनि थिइन् । गत साल महामारीका कारण भर्चुअल रुपमा सम्पन्न भएको अवार्ड यो साल भने दर्शकको उपस्थितिमा चलेको थियो ।
कान्समा नेटफ्लिक्सका फिल्मलाई वर्जित गरिँदै आएको छ । तर भेनिसमा भने नेटफ्लिक्सले सहभागिता जनाउँदै आएको छ । यो पालि पनि थुप्रै मनोनयन पाएको नेटफ्लिक्सले ४ अवार्ड जित्यो ।
विजेताको सूची
VIRTUAL REALITY
Best VR Story: “End of Night” (dir. David Adler)
Best VR Experience: “Le bal de Paris de Blanca Li” (dir. Blanca Li)
Best VR Grand Jury Prize: “Goliath: Playing with Reality” (dirs. Barry Gene Murphy, May Abdalla)
Lion of the Future: “Imaculat” (dirs. Monica Stan, George Chiper-Lillemark)
HORIZONS
Orrizonti Audience Award: “The Blind Man Who Did Not Want to See Titanic” (dir. Teemu Nikki)
Best Short Film: “Los Huesos” (dirs. Cristóbal León, Joaquín Cociña)
Best Screenplay: “107 Mothers” (Péter Kerekes, Ivan Ostrochovský)
Best Actor: Piseth Chhun, “White Building”
Best Actress: Laure Calamy, “À Plein Temps”
Special Jury Prize: “El Grand Movimiento” (dir. Kiro Russo)
Best Director: Eric Gravel, “À Plein Temps”
Best Film: “Pilgrims” (dir. Laurynas Bareisa)
MAIN COMPETITION
Best Young Actor: Filippo Scotti, “The Hand of God”
Special Jury Prize: “Il Buco” (dir. Michelangelo Frammartino)
Best Screenplay: “The Lost Daughter” (Maggie Gyllenhaal)
Best Actor: John Arcilla, “On the Job: Missing 8”
Best Actress: Penélope Cruz, “Parallel Mothers”
Silver Lion for Best Director: Jane Campion, “The Power of the Dog”
Silver Lion Grand Jury Prize: “The Hand of God,” Paolo Sorrentino
Golden Lion: “Happening” (dir. Audrey Diwan)

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया