विश्वकर्मा पूजाका लागि मूर्तिको श्रृङ्गार

काठमाडौँ - विश्वकर्मा पुजा नजिकिएसँगै मूर्तिहरू शृङगार्ने कामको चटारो बढ्न थालेको छ। ललितपुरको बुसिङल सानेपाका कलाकारलाई मुर्ति बनाउने र श्रृंगारपटार गर्न भ्याई नभ्याइ छ । विश्वकर्मा पुजा सकिने नवदुर्गा भगवती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरूका बहानहरूका मुर्ति बनाउने काम धमाधम भइरहेको छ ।
यस वर्षको बाढीले आधा भन्दा बढी मूर्ति बगाएको र व्यापारमा घाटा हुने मुर्तिकार श्यामलाल पण्डित बताउँछन्। ‘पहिले परिवारका सदस्यले मात्र नभ्याएर कालिगड बोलाएर पनि मूर्ति बनाइयो’, उनी भन्छन्, ‘तर धेरै मूर्ति बाढीले बगाएर लग्यो ।’
पोहोर साल लकडाउनका कारण विश्वकर्मा पूजा र मूर्ति त्यति भएन । यस वर्ष बाढीले गर्दा बनाइएका मूर्ति पनि बगाएपछि मूर्तिकार चिन्तित बनेका छन् । कोभिड १९ का कारण अझै व्यापार सामान्य हुन नसकेको मूर्तिकारको भनाइ छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया