मंगल ग्रहमा पानी भएको पर्सिभेरन्स नमूनाको संकेत

काठमाडौं - नासाका अनुसन्धानकर्ताहरूको नमूनाहरूको प्रारम्भिक विश्लेषणले धेरै अगाडिको समय मंगलग्रहमा पानी रहेको संकेत गरेको छ। हजारौ वर्षअगाडि मंगल ग्रहमा पानी भएको संकेत मिलेका नासाले जनाएको छ ।
पर्सिभेरेन्स रोभरले नमूना लिएको चट्टानमा महत्वपूर्ण लवणहरू पनि पत्ता लगाएको छ जुन नमूना चट्टानबाट पानी बगेको समयमा गठन भएको हुन सक्छ । यसले हजारौं वर्षअगाडि मंगल ग्रहमा जीवनको अस्तित्व हुन सक्ने नासाले संकेत गरेको छ ।
मंगल ग्रहको एक चट्टानबाट मात्रै दुई नमूनाहरू अहिलेसम्म संकलन गरेको छ। यसको वास्तविक अध्ययान गर्न केही समय लाग्नेछ ।
पर्सिभेरन्सले रोभरले यसको दक्षिण क्षेत्रमा भएका नमूनाहरू संकलन गरेको छैन् यसका लागि थप ए हप्ता समय लाग्ने जनाएको छ। पर्सिभेरन्सले रोभरले संकलन गरेका नमूनाहरू नासाका अनुसन्धान विभागसम्म नआउँदासम्मै पूर्ण जानकारी प्राप्त नहुने जनाएको छ ।
संकलित नमूनाहरूले भने मंगलमा पानी हुनसक्ने संकेत नासाका वैज्ञानिकहरूले जनाएका छन् । यसको पुष्टि भने संकलित नमूना नासाले पूर्ण अनुसन्धानले मात्र गर्नेछ ।
तस्विर: नासा

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया