डोटीमा विद्यालय खुलेसँगै विद्यार्थीले पाए कोभिड खोप

डोटी – डोटीमा कक्षा १२ का विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बडीकेदार गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूलाई पहिलो चरणमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरेको हो ।
कोभिड संक्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटीका विद्यालयहरू क्रमिक रूपमा खुल्न थालेपछि गाउँपालिकाले विद्यार्थीलाई खोप लगाएको हो ।गाउँपालिकाले वडा नम्बर २ मा रहेको बर्छैन माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत विद्यार्थीहरूलाई उक्त खोप लगाई पहिलो चरणको कार्यक्रमको सुरुवात गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत शम्भु थापाले जानकारी दिए ।
उक्त कार्यक्रममम कक्षा १२ अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाइएको उनले जानकारी दिए । जिल्लामा कक्ष १२ अध्ययनरत विद्यार्थीलाई कोभिड विरुद्धको खोपलगाउने बडीकेदार पहिलो पालिका रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दको भनाइ छ । ‘कोभिड संक्रमण त्रासका कारण विद्यालय बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेको अवस्था छ । यस्तो अवस्थामा विद्यार्थीहरूलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन सुरु गरेका हौं,’ उनले भने, ‘क्रमशः पुरै पालिकाका विद्यार्थीहरूलाई खोप लगाउने छौं ।’

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया