डर्टमन्डको जितमा हालान्ड नायक

काठमाडौँ - एर्लिङ हालान्डले दुई गोल गरेपछि बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले शनिबार राति बायर्न लेभरकुजनलाई ४–३ ले पराजित गरेको छ । डर्टमन्डलाई सिजनको तेस्रो जित निकाल्न मद्दत गर्न हालान्ड बाहेक युलियान ब्रान्ट र राफाएल गुरेरोले पनि एक-एक गोल गरे ।
लेभरकुजनबाट फ्लोरियन रिज, प्याट्रिक सिक र मौसा डियाबीले गोल फर्काए । जितसँगै डर्टमन्ड अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित लेभरकुजन भने चार खेलबाट सात अंक बनाउँदै पाँचौँ स्थानमा सीमित छ ।
बुन्डेसलिगामा शनिबार नै भएका अन्य खेलमा वुल्फ्सबर्गले ग्रुएथर फर्थलाई र मेन्जले होफाइनहमलाई पराजित गरे । वुल्फ्सबर्ग र मेन्जले समान २-० को जित हासिल गरे । उता एफसी कोलोनले फ्राइबर्गसँग १–१ को बराबरी खेल्यो भने अग्सबर्ग युनियनसँग गोलरहित बराबरीमा रोकियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया