नेकपा एसको पाल्पा जिल्ला अध्यक्षमा पाण्डे

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाल्पा जिल्ला कमिटी गठन गरेको छ । शनिबार पाल्पामा आयोजित भेलाले जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे रहने गरी जिल्ला कमिटीलाई पूर्णता दिएको हो । उनी नेकपा एमालेका तत्कालीन जिल्ला उपसचिव थिए ।
भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । पाल्पा जिल्ला कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन रहेका छन् । यस्तै लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिसमेत सोही भेलाले गठन गरेको छ ।
४ चैत ०७७ पछि अधिकांश जिल्लामा समानान्तर कमिटीलाई तीव्रता दिएको माधव नेपालपक्षले पाल्पामा भने समानान्तर कमिटी गठन गरेको थिएन । भेलालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कमिटी सदस्य सोम पाण्डेले समाजवादी दृष्टिकोणले नै मुलुकलाई निकाश दिने दाबी गरे ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया