शनिबार सुदूरपश्चिममा २० जना संक्रमित थपिए

कैलाली – सुदूरपश्चिम प्रदेशमा शनिबार थप २० जनामा कोभिड-१९ भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शनिबार संक्रमितमध्ये १८ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४ र डडेल्धुरा अस्पतालमा गरिएको चार जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुर र कैलालीका एक, एक जनामा कोभिड संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशभर १४ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार सुदूरपश्चिमका १३ जनामा संक्रमण पुष्टि हुँदा १६ जना संक्रमणमुक्त भएका थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया