भक्तपुरमा ६ शिक्षक-शिक्षिका सम्मानित

भक्तपुर- भक्तपुरका ६ जना शिक्षक शिक्षिका सम्मानित भएका छन् । सेवानिवृत्त शिक्षक समाज भक्तपुरको दोस्रो वार्षिक साधारणसभाको अवसरमा शनिबार उनीहरूलाई सम्मान गरिएको हो ।
सेवानिवृत्त भएका गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत्त, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिं र शिक्षिका शारदा कर्माचार्य सम्मानित भएका हुन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र तथा दोसल्ला ओढाई उनीहरूलाई सम्मान गरे ।
समाजका अध्यक्ष नाति कवां, सचिव रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवा, बालमुकुन्द बासुकला, लक्ष्मीनारायण दुवाल, वागिश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छालगायतले आफूहरू अहिले पनि सक्षम भएको भन्दै सक्षम भएसम्म आफूहरू सक्रिय रहने बताए ।
कार्यक्रममा प्रमुख प्रजापतिले जीवनभर शिक्षण पेशामा लागेका शिक्षकहरू ज्ञान र शीपका गहना भएको भन्दै उनीहरूले आफ्नो ज्ञान र शीपनिवृत्त भएपछि पनि देश र जनताका लागि समर्पित गर्नमा जोड दिए ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया