कागेश्वरी मन्दिर क्षेत्रमा वृक्षारोपण

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिर क्षेत्रमा शनिबार वृक्षारोपण गरिएको छ । स्थानीयबासीले घरमै तयार पारेको करिब एक हजार ५ सय थान फलफूल र विभिन्न जातका बिरुवा मन्दिर जानेबाटोमा निर्माण गरिएको एक हजार सिँढीको दायाँबायाँ रोपिएको हो ।
कागेश्वरी धामको विकासका लागि चालु आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले २० लाख र नगरपालिकाले ६० लाख रूपैयाँ विनियोजन गरेको छ । गोकर्ण–तारेभीर, सुन्दरीजल-कागेश्वरीधाम, लोकतान्त्रिक सहिद उद्यान-मणिचुड, बज्रयोगिनी-जहरसिंहपौवालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको बागमती प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।
कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्छ । यस दिन यहाँको महादेव मन्दिर पूजा आराधना गरेमा काग स्पर्शबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ । मन्दिरलाई महादेवको धामका रूपमा स्थापित गर्न एक दशकदेखि अभियान चलाउँदै आएको स्थानीयले बताएका छन् ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया