रूपाणीद्वारा गुजरातको मुख्यमन्त्रीबाट राजिनामा

नयाँ दिल्ली - भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन् । रुपाणीले आगामी वर्षको अन्ततिर राज्यमा निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा दिएका हुन् ।
रुपाणीले राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, “नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ । यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ ।”
उनले थप भने, “म जस्तै पार्टी कार्यकर्तालाई गुजरातको मुख्यमन्त्रीको रुपमा सेवा गर्ने महत्वपूर्ण मौका दिन पाएकोमा म खुशी छु ।”
गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो । रुपानीको राजीनामा के कारणले आएको भन्ने बिषयमा थप विवरणहरू आउन अझै केही समय लाग्ने छ तथापि, रिपोर्टहरूमा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को ‘सुधारको बाटो’ हुनसक्ने बताइएको छ । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया