चीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर छ जनाको मृत्यु
शिचियाझुआङ - स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ । दिउसो करिब ३:०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा घटना भएको हो ।
अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने पम्प पम्प जाँच गर्ने क्रममा बेहोस भएका र उनलाई उद्धार गर्न खोज्दा अरू थुप्रै बेहोस भएका थिए ।
घटनापछि जिल्ला सरकारद्वारा पठाएको उद्धार टोली घटनास्थल पुगी उद्धार गरेपनि एक व्यक्तिलाई मात्र जोगाउन सकिएको अरू छ जनाको मृत्यु भएको जिल्ला प्रशासनले बताएको छ । दुर्घटनाको कारणबारे छानविन भइरहेको बताइउको छ । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया