सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको एमालेको निष्कर्ष
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको ओरोप लगाएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा एमाले नेताहरूले सभामुख र अर्थमन्त्रीको भूमिकाप्रति टिप्पणी गरेको बताए ।
सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेर नयाँ बजेट ल्याएको भन्दै एमाले नेताले बैठकमा उनीहरूको टिकाटिप्पणी भएकोसमेत उनले जानकारी दिए । केपी ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा समेटिएका सडक पूर्वाधार निर्माणलगायत विकास निर्माण आयोजना कार्यक्रम अहिलेको सरकारले कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको एमालेको निष्कर्ष छ ।
एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेकाले सदनमा आफूहरूले विरोध गरेको बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याइँ भएको एमालेको ठहर छ ।
‘प्रतिपक्षी दलसँग छलफल र सरसल्लाह नगरी छापामार शैलीमा बजेट ल्याइएको छ,’ भट्टराईले भने, ‘प्रतिपक्षी दलविरुद्ध सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको हाम्रो पार्टीको निष्कर्ष छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया