प्यालेससँग स्तब्ध बन्यो टोटनहम

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा टोटनहमले सिजनको पहिलो हार व्यहोरेको छ । पछिल्ला तीन खेल जितेको टोटनहम शनिबार साँझ क्रिस्टल प्यालेससँग ३-० ले पराजित भयो ।
प्यालेसले तीनै गोल दोस्रो हाफमा गर्यो । उसका लागि ओडसोने एडवार्ड र विल्फ्रिड जाहाले गोल गरे । जाफेट टांगाङ्गाले ५८ औँ मिनेटमा रातो कार्ड खाएपछि टोटनहम १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै प्यालेसले खेलमा नियन्त्रण जमायो ।
घरेलु टिमका लागि जाहाले ७६ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । त्यसको आठ मिनेटपछि एडवार्डले खेलको दोस्रो गोल गरे भने आतिरित्त समयमा व्यक्तिगत दोस्रो र प्यालेसको तेस्रो गोल गरे ।
टोटनहमको सहरी प्रतिद्वन्द्वी आर्सनलका पूर्वखेलाडी रहेका प्याट्रिक भिएराको नेतृत्वमा रहेको प्यालेसका लागि यो पहिलो जित हो । जितसँगै प्यालेस ११ औँ स्थानमा उक्लेको छ । उता नुनो स्प्रिटो सान्टो नयाँ प्रशिक्षक बनेर आएपछि अपराजित रहेको टोटनहमल शनिबारको हारका बाबजुद पनि शीर्षस्थानमै छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया