मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

एमालेको विधान महाधिवेशनमा यी प्रतिनिधिले भाग लिँदैछन्  (विवरणसहित)

काठमाडौँ – नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको नामावली तयार पारेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले करिब ३ हजार प्रतिनिधिको टुंगो लगाएको हो । एमालेले कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यी हुन् एमाले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू :

१– केन्द्रीय विभाग सचिवसहित १५ सदस्य 
२– जेष्ठ कम्युनिस्ट मञ्च पदाधिकारी र सदस्य
३– केन्द्रीय कमिटी पदाधिकारी र सदस्य
४– विशेष कमिटी  पदाधिकारी र सदस्य
५– निर्वाचन आयोग  पदाधिकारी र सदस्य
६– सल्लाहकार परिषद्  पदाधिकारी र सदस्य
७– अनुशासन आयोग पदाधिकारी र सदस्य 
८– प्रदेश र सोसरहका कमिटी पदाधिकारी र सदस्य
९– लेखा परीक्षण आयोग पदाधिकारी र सदस्य 
१०– जिल्ला कमिटी पदाधिकारी र सदस्य
११– निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य
१२– जनसंगठन  पदाधिकारीमध्येबाट १० जना
१३– पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१४– पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१५– एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र, 
१६– एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित सदस्य

शनिबार बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म आयोजना गर्ने निर्णय गरेको छ ।