आठ करोड बेरुजु फछ्र्यौट
हेटौंडा - वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ करोड तीन लाख ९८ हजार बेरुजु फछ्र्यौट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ ।
गत आवमा आठ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ रु चार करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा पाँच करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए । कार्यालयले आव २०७७÷७८ मा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । लक्ष्यभन्दा रु ६० करोड बढी राजस्व सङ्कलन भएको हो ।
कार्यालयका अनुसार राजस्व सङ्कलन आव २०७६÷७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७÷७८ मा उक्त वर्षको लक्ष्य रु पाँच अर्ब ३९ करोड ९४ लाख रहेकामा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन भएको छ ।
कार्यालयको करदाता सेवा शाखाका अनुसार उक्त आवमा थप चार हजार दुई सय ९१ व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धिकरतर्फ चार सय ४२ नयाँ व्यवसाय दर्ता भएकोे छ । उक्त आवमा थप आठ हजार तीन सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ । रासस

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया