यस्तो छ फेसबुक ल्याएको नयाँ 'स्मार्ट ग्लास'

काठमाडौं- केही समय अघि फेसबुकका मालिक मार्क जुकरवर्गले रेबन कम्पनीसँग मिलेर 'स्मार्ट ग्लास' ल्याउने घोषणा गरेको थियो । यसलाई सार्थककता दिदैं गत बिहीबार विषेश कार्यक्रममा गरेर सार्वजनिक गरेको छ । स्मार्ट ग्लासको क्षेत्रमा फेसबुक र रेबनको यो सहकार्य पहिलो हो । तर यसमा कतै पनि फेसबुकको लोगो भने देखिदैन। यसअघि गुगलले पनि स्मार्टग्लास ल्याएको थियो । गुगलको यो स्मार्टग्लास भने फ्लप भएको थियो । फेसबुकको स्मार्टग्लास कस्तो छ त? विषेश कार्यक्रम गरेर सार्वजनिक गरिएको फेसबुक र रेबनको यस स्मार्टग्लासबारे केही जानकारी राखौं ।
कस्तो छ त स्मार्टग्लास
साधारण रुपमा हेर्दा यो सामान्य चस्मा भन्दा केहि फरक देखिदैंन । चस्माका छेउमा भएको डन्डीमा अगाडी दुईओटा क्यामेरा देखिन्छ । जस्मा दुवै साइडमा ५ मेगा पिक्सलका क्यामेरा देखिन्छन् । यसमा केवल फोटो र भिडियो मात्र खिच्न मिल्ने देखिन्छ । ब्लुटुथको माध्यममा म्युजिक सुन्न समेत सकिने सुविधा छ । यसको प्रयोगले तपाईंले फोन उठाउने तथा सजिलै अगाडी भएको वस्तुहरुको तस्विर लिन सक्नुहुनेछ । साइडमा भएको डन्डी ट्यापिङ मार्फत यसको कन्ट्रोल गर्न सकिने छ । यसमा भएको क्यामेराले कम प्रकाशमा राम्रो फोटो खिच्न सकिने सुविधा रहेको छ । भ्वाइस कमान्डले समेत यसलाई कन्ट्रोल गर्न सकिन्छ । डाटा ब्याकअपका लागि मोबाइलमा भिउ एपको सहयोग लिन सकिने छ । भिउ एपको मार्फत तपाईंले सिधै फेसबुकमा पोस्ट गर्न सक्नुहन्छ ।
सार्वजनिक भएसँगै विवादीत
फेसबुकले रेबनको साथ मिलेर ल्याएको यस स्मार्टग्लासलाई लिएर केही संस्थाहरुले यस डिभाइस मार्फत फेसबुकले व्यक्तिगत गोपनियता हनन् गर्ने भन्दै यसको विरोध गरेको छन् । फेसबुकले अब मानिसका आँखाबाट समेत निगरानी गर्ने भन्दै यसको विरोध हुन थालेको छ ।

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

प्रतिक्रिया