एमाले स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्ने

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्नेगरी स्थगित भएको छ । विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहूको छलफल भइनसकेकोले आज दिउँसो तीन बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो । स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
प्रमुख भट्टराईले बैठकमा देशभरबाट करिब ३ हजार प्रतिनिधि हुने प्रस्ताव आएको भन्दै यसको टुंगो लगाउनका लागि आजै ३ बजे बैठक बस्ने उनले बताए। आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रश्तुत हुने विधानको बारेमा पनि छलफल गर्ने साथै राजनीतिक र सांगठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईको भनाइ छ ।
त्यस्तै उनले एमसीसीका बारेमा सरकारको धारणा सार्वजनिक भएपछि एमालेको धारणा सार्वजनिक हुने बताए । सत्ता गठबन्धनले सदनमा टेबुल नगरी यस बिषयमा बोल्नु हतार हुने उनले बताए । उनले केही संशोधनसहित यसलाई अघि बढाउन आफूहरू सकारात्मक रहेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया