विमानस्थलमा दाजुको शव खोजिरहेका भाइका पाइला

काठमाडौँ- 'मासिक पेन्सन आइरहेको छ । विदेशभन्दा नेपालमा सेक्युरीटी गार्डको काम गर्नु न दाजु भनेको थिएँ, दाजुले सुनेनन्,' एक भाइले वेदना सुनाए । पीडा र गुनासो दुवै छ । त्यति बेला सुझाव नसुनेका दाजु अब कहिले पनि सुन्ने छैनन्। सपनाको भारी बोकेर विदेसिएका दाजु आएनन् । उनको शव आएको छ । जसले न बोल्छ न सुन्छ । उनले दाजु गुमाए । उनी दाजु मात्रै थिएनन् एक असल साथी पनि थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बिहानै भाइ मलिन अनुहार बनाएर ओहोरदोहोर गरिरहेका थिए । कैलाश यादवका माइलो दाजु डेढ वर्षअघि मलेसिया गएका थिए । दाजु जाँदा सकुशल गएका थिए, बिरामी पनि थिएनन् । स्वास्थ्य अवस्था राम्रै थियो । तर, फर्किदा लास बनेर फर्किए ।
कैलाशका दाजु राकेश कुमार यादवको ब्रेन हेम्ब्रेजका कारण १५ दिनअघि निधन भयो । कामबाट आएर कोठामा बसिरहेको समयमा उनी ढलेका थिए । त्यसपछि उठेनन् । 'उपचार गर्न पुर्याएको केही समयमा अस्पतालले दाजुलाई मृत्यु भएको घोषणा गर्यो,' भाइले भने ।
सप्तरी विष्णुपुर गाउँपालिका १ का राकेश वैदेशिक रोजगारीमा जानुअघि नेपाली सेनामा कार्यरत थिए । उनले २२ वर्ष नेपाली सेनामा बिताए। पेन्सन पाएको करिब १ वर्षभित्रमा उनी मलेसिया पुगे।
सशस्त्र युद्धका समयमा देशका विभिन्न ठाउँमा राकेशले आफ्नो जागिरे जीवन बिताए । 'जनयुद्धमा पनि दाजु लाहुरे भएर बाँचे,' भाइ कैलाश भन्छन्,' धन कमाउन मलायको लाहुर हुन गएको दाजु बाँचेर आएनन् ।'
राकेशको जेठा दाजुबाहेक सबै नेपाली सेनामा थिए । उनी मात्र सेनामा थिएनन् । उनीसहित अरु दुई भाइ साइँला र कान्छासमेत सेनाको जागिरमा छन् । त्यसैगरी बाबाबाहेक उनीहरूका तीनै जना काकाहरू पनि सेनाबाट बिदा भइसकेका छन् ।
'दाजुको पेन्सन मासिक १५ हजार आइरहेको थियो । नजानु भनेँ, मानेनन्,' भाइ कैलाशले थपे,' घर-सल्लाहमा विदेश गएका होइनन् । विदेश जाने अघिल्लो दिन मात्र खबर गरेको थियो ।'
स्वदेशमा लाहुर बनेका राकेश मलेसियामा लाहुरे बन्न गएका थिएनन् । नाभासिल सर्भिसिङ कम्पनीमा सेक्युरीटी गार्डको रूपमा काम गर्थे । मासिक १८ सय रिङ्गेट पाउने शर्तमा उनी मलेसिया गएका थिए । विदेश गएको लगानी उनले उठाइसकेका थिए । सेनामा जागिर खाएकाले उनले विदेश जान ऋण खोज्नु परेको थिएन । आफूलाई ऋण नलागे पनि आफ्नो कमाइको पैसा उनले लगानी गरेर गएका थिए ।
शनिबार राकेशसहित ६ जनाको शव र ११ वटा अस्तु मलेसिया र साउदी अरबबाट २ वटा शव आएको थियो । मलेसियाबाट सप्तरी, भोजपुर, मोरङ,बैतडी, रोल्पा र महोत्तरीका कामदारको शव ल्याइएको थियो ।

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

प्रतिक्रिया