सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्

डोटी- सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका-३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए ।
युवक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट ११, प्रदेश प्रहरी तालिम केन्द्रबाट १० तथा प्रदेश प्रहरी अस्पतालबाट नौ जनाको प्रहरी टोलीले गए रातिदेखि खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया