नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा. पन्त

चितवन- नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार यहाँ आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो । अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ ।
यस्तै कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ । महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर समिति १६८ सदस्यिय रहने सो अवसरमा जानकारी दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले निर्वाचन चुनाव चिह्नले जित्ने नभई जनताको मनले जित्न सकिने बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया