धरानमा ‘आधा लभ स्टोरी’

काठमाडौं : कोभिड–१९ को कारण लागू गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक प्रभावलाई अभिव्यक्त गर्ने गरी ‘आधा लभ स्टोरी’ शीर्षकको लघु फिल्म निर्माण गरिएको छ । धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन् ।
फिल्ममा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुष्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी र निकिता धमलाको अभिनय छ ।
निर्देशक तामाङले लकडाउनको बेला धेरै मान्छेहरु फ्रस्टेसनले गर्दा आत्महत्या र अन्य गलत बाटोमा लागेका कारण फिल्मको माध्यमबाट युवा पिँढीलाई सही मार्गमा ल्याउन फिल्म निर्माण गरिएको बताए । फिल्म प्रशान्त क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया