ट्राफिक महाशाखालाई नाडाले दियो जनचेतनामूलक सामग्री

काठमाडौँ – नेपाल अटोमोबाइल्स् डिलर्स एसोसिएसन (नाडा)ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सडक सचेतनासम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।शुक्रबार एक कार्यक्रमबिच नाडाले महाशाखालाई ती सामग्री हस्तान्तरण गरेको हो ।
त्रिपुरेश्वर चोकमा आयोजित कार्यक्रममा नाडा अध्यक्ष कृष्ण दुलालले महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मालाई ती सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामग्रीमा १० हजार थान नो हर्न स्टीकर, ५ हजार थान कोभिड–१९ विरुद्ध प्रयोग गर्ने मास्क, २ सय थान ‘तपाईंको मास्क खोइ ?’ लेखिएको ब्यानर र २ सय थान ‘ट्राफिक नियमको पालना गरौं’ लेखिएको ब्यानर रहेको नाडाले जनाएको छ ।
कार्यक्रममा सार्वजनिक सवारीसाधन चालकहरूलाई पनि जनचेतनामूलक स्टिकर तथा पर्चा बाँडिएको थियो । कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्यहरू राजनबाबु श्रेष्ठ, दीपक अग्रवाल, सुरज भट्टराई, नीलमणि पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल शिवाकोटी तथा महाशाखाका प्रतिनिधिहरूको सहभागिता थियो । नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ ।

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

प्रतिक्रिया