बागमतीमा मुख्यन्यायाधिवक्ताले बुझाए वार्षिक प्रतिवेदन
हेटौंडा - बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओम प्रकास थपलियाले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन शुक्रबार बुझाएका छन् । गत आर्थिक वर्ष २०७७÷७८ मा मुख्यन्यायाधिवक्ता कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस भएको हो ।
कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिबादी भई दायर भएका मुद्दा मामीलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण मुद्दा मामीलामा गरिनुपर्ने सुधारको विवरण उल्लेख गरेको छ ।
गत आर्थिक वर्ष ०७७÷७८ मा सर्वोच्च अदालतमा ६१ थान, उच्च अदालत पाटनमा ९ थान, सिन्धुली जिल्ला अदालतमा १ थान, चितवन जिल्ला अदालतमा १ थान र प्रशासकीय अदालत काठमाण्डौंमा २ थान गरी गरी जम्मा ७४ थान मुद्दा परेको छ । मुद्दामा सफलताको स्थिती ७७ प्रतिशत रहेको मुख्यन्यायाधिवक्ता थपलियाले बताए ।
कार्यालयमा विभिन्न मन्त्रालय तथा कार्यालयहरुबाट ७ वटा कानूनी राय तथा सुझावहरु माग गरिएकोमा सोको जवाफ लेखि पठाइएको थियो । मुख्यन्यायाधिवक्ता कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयक निर्माणमा सहयोग गर्नुका साथै स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी तालिम संचालन गरेको छ । यसका साथै बाल सुधार गृह र कारागार निरिक्षण, कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
शुक्रबार मुख्यन्याधिवक्ता थपलियाले प्रतिवेदन प्रदेश प्रमुख र प्रदेश प्रमुखले प्रदेश सभा समक्ष पेश गर्न मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हस्तान्त्ररण गरेका थिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया