साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम कतार लाग्यो

काठमाडौँ-साफ च्याम्पियनसिपका लागि अन्तिम चरणको तयारीमा जुटेको नेपाली राष्ट्रिय फुटबल शुक्रबार कतार लागेको छ । मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरी केहि दिनअघि नै कतार पुगिसकेका छन् भने खेलाडी तथा पदाधिकारी शुक्रबार त्यता गएका हुन् ।
कतारी राजधानी दोहामा नेपाली टिमले दुई साता प्रशिक्षण गर्नेछ । नेपाली टिम त्यताबाटै साफ च्याम्पियन्स आयोजक मुलुक माल्दिभ्स जानेछ । दक्षिण एसियाका पाँच टिम सहभागी हुने साफ च्याम्पियनसिप मालेमा अक्टोबर १ बाट सुरु हुँदैछ ।
भुटान र पाकिस्तान अनुपस्थित रहने साफको लिग चरणमा सबै टिमले आपसमा एक–एक खेल खेल्नेछन् । लिग चरणमा शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल अक्टोबर १६ मा हुनेछ ।
साफ च्याम्पियनसिपकै तयारी स्वरुप नेपाल र भारतले भदौ १७ र २० मा मैत्रीपूर्ण खेल खेलेका थिए । जसमध्ये पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा भारत २–१ ले विजयी बनेको थियो ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया