विश्वकप छनौटमा ब्राजिल र अर्जेन्टिना अघि बढ्दै

काठमाडौँ- नेयमार चम्किँएपछि ब्राजिलले विश्वकप छनौटमा शुक्रबार पेरुलाई २-० ले पराजित गरेको छ । ब्राजिलको आफ्नै मैदानमा भएको खेलमा नेयमारले एक गोल गरे भने एभर्टन रिबेरोलाई गोलको पास उपलब्ध गराए ।
विश्वकप छनौटको पछिल्लो खेलमा चिलीविरुद्ध निर्णयक गोल गरेका रिबेरोले पेरुसँगको खेलमा १५ औँ मिनेटमै ब्राजिललाई अग्रता दिलाए । पहिलो हाफमै ब्राजिलले अग्रता दोब्बर बनायो । ४० औँ मिनेटमा नेयमारले विजयी टिमको दोस्रो गोल गरे ।
विश्वकप छनौटमा पेरुविरुद्ध लगातार १३ औँ जित निकालेसँगै ब्राजिलले २४ अंक बनाएको छ । १० टिम सम्मिलत दक्षिण अमेरिकातर्फको विश्वकप छनौटमा अर्जेन्टिना दोस्रो स्थानमा छ ।
बिहीबार राति नै अर्जेन्टिनाले पनि बोलिभियालाई पराजित गरेको थियो । अर्जेन्टिनाले ३-० को सहज जित हासिल गर्दा विजयी टिमका सबै गोल लियोनल मेस्सीले गरे ।कप्तान मेस्सीले १४ औँ, ६४ औँ र ८८ औँ मिनेटमा गोल गरे ।
दक्षिण अमेरिकाबाट चार टिम स्वत कतार विश्वकपका लागि छनौट हुनेछन् । पाचौँ हुने टिमले भने महदेशीय प्ले-अफ खेल्नेछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया