देउवाले मागे मन्त्री बन्नेको नाम, एमसीसीबारे छलफल नै भएन

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक एक घण्टा बसेर सकिएको हो । बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो।
बैठकमा मुख्यत: तीन वटा विषयमा छलफल भएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । उनकाअनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, अध्यादेशहरू संसद्मा टेबुल गर्ने र गठबन्धनलाई बलियो बनाएर लैजानेबारे छलफल भएको हो । नेताहरूले चाँडै ने मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई छिटो पूर्णता दिने भन्दै मन्त्रीहरूको नाम दिन सरकारमा सहभागी हुने दलहरूसँग माग गरेका छन् ।
‘आजको बैठकमा मुख्यतः तीन वटा विषयमा छलफल भयो,’ उनले इकागजसँग भनिन्, ‘मन्त्रिपरिषद् विस्तार, विभिन्न अध्यादेशहरू संसद्मा प्रस्तुत गर्ने र गठबन्धनलाई थप बलियो बनाएर लैजाने विषयमा नेताहरूबीच सहमति भएको छ । चाँडै नै सरकारलाई पूर्णता दिनेबारे नेताहरू सहमत हुनुहुन्छ । प्रधानमन्त्रीज्यूले सरकारमा सहभागी हुने दललाई मन्त्री बन्ने व्यक्तिको सूची दिनु भन्नुभयो ।’
उनकाअनुसार माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसँगको भेटबारे पनि जानकारी गराएका थिए । एमसीसी उपाध्यक्ष फतिमा समुारले प्रधानमन्त्रीसँग् भेटेपछि यसबारे थप छलफल हुने बताइन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया