मौसम पूर्वानुमान : आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन

काठमाडौँ - हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिभने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् । मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् ठूलो र अतिठूलो वर्षा नहुने बताए । ‘तर वर्षा नै नहुने भने होइन, बर्खामा यो नियमित प्रक्रिया हो,’ उनले भने ।

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

प्रतिक्रिया