हरितालिका तीज : पशुपतिनाथ मन्दिरमा भक्तजन र वर्तालुको बाक्लो उपस्थिति [फोटो फिचर]

काठमाडौँ – हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजन र वर्तालुको बाक्लो उपस्थिति देखिएको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा बिहीबार पशुपतिनाथ मन्दिरमा पुगेर भक्तजन र वर्तालुहरूले भगवान शिवजीको दर्शनसहित पूजाआजा गरेका छन् ।
कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर बन्द गरिए पनि सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर महिलाहरूले पशुपति क्षेत्रमा बिहानैदेखि जम्मा भई पूजाआजा गरेका छन् ।
कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले दुईवर्षअघि जतिको संख्यामा उपस्थिति नभए पनि बाक्लै संख्यामा महिला भक्तजनहरू पशुपति क्षेत्रमा उपस्थित भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।
पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तीज पर्व मनाउन दिइएको उनको भनाइ छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहितले असल वर र वधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय मान्यता रहँदै आएको छ ।
नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेको अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । तीज व्रत गरेका वर्तालुले भाद्र शुक्ल चतुर्थीका अवसरमा (यो पटक भोलि शुक्रबार) व्रत उद्यापन गरेरमात्र भोजन गर्ने परम्परा छ ।
स्वास्थ्य समस्या हुनेले भने आजै फलाहार गर्छन् । विगतमा तीज आउन महिना दिन बाँकी रहँदै गाउँदेखि सहरसम्म तीजका गीत गुञ्जिसक्थे । सामूहिक रूपमा भेला भएर रातो पहिरनमा नाचगान गरेर र दर खाएर महिलाहरू रमाउने गर्थे । कोभिड संक्रमणका कारण यसपालि भने तीजमा खुला रूपमा नाचगान गर्ने चलन प्रभावित बनेको छ ।
यसैबीच बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नारीहरूलाई तीजको शुभकामना व्यक्त गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर तीज मनाउन आग्रह गरेका थिए ।

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

प्रतिक्रिया