व्यापारीबाट रकम असुल्ने दुई जना पक्राउ

कैलाली – व्यापारीबाट पैसा असुलेको आरोपमा कञ्चनपुरबाट दुईजना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजको रिपोर्टर बताउने गोविन्द बिसी र सन्तोष भट्टलाई स्थानीय व्यापारीबाट पैसा असुलेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
महेन्द्रनगरस्थित साई मोबाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रूपैयाँ असुलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
व्यापारीले प्रहरीमा खबर गरेपछि सोधपुछका लागि दुवैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

प्रतिक्रिया