नयाँ खेलाडी चम्किँदा नेपालले बंगलादेशलाई हरायो

काठमाडौँ- नेपाली महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सविता राना र प्रिती राईले एक–एक गोल गरे । बंगलादेशका लागि तोहुरा खातुनले गोल फर्काइन ।
मिडफिल्डर सविताले नेपालका लागि १४ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै, नियमित स्ट्राइकर सावित्रा भण्डारीको स्थानमा खेलिरहेकी प्रितीले २३ औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । दुवै खेलाडीले यसै खेलबाट नेपालको सिनियर टिमबाट डेब्यु गरेका हुन् ।
नेपाल र बंगलादेश वुमन्स एसियन कपको तयारीमा छन् । महादेशीय प्रतियोगिताको तयारी स्वरुप नै मैत्रीपूर्ण खेलहरुको आयोजना गरिएको हो । अब दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
वुमन्स एसियन कप आगामी जनवरी २० देखि भारतमा आयोजना हुँदैछ । छिमेकी मुलुकमा हुने महादेशीय प्रतियोगिताका लागि हुने छैनौट खेलका लागि नेपाल उज्वेकिस्तान जाँदैछ । छनौटको समूह एफमा रहेको नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ । नेपालले पहिलो खेल सेप्टेम्बर १८ मा फिलिपिन्सविरुद्ध खेल्नेछ । समूहको दोस्रो खेलमा नेपाल र हङकङ सेप्टेम्बर २१ मा भिड्नेछन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया