सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

२७ भदौमा कैलाली र कञ्‍चनपुरमा सार्वजनिक बिदा

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते कैलाली र कंचनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार भदौ २७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्‍वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटुवारीको अवसरमा प्रदेशभरी बिदा दिइएकोमा यो वर्ष कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ।