बजारको 'बियर'लाई सानिमा लाइफको चुनौती
पाचौँ दिनसम्म लगातार सर्किट ब्रेकर

काठमाडौँ - सेयर बजारमा लगातार देखापरेको बियरिस ट्रेन्डलाई चुनौती दिँदै सानिमा लाइफ इन्स्योरेन्सको सेयर भाउ लगातार वृद्धि भइरहेको छ । बिहीबार पाँचौंपटकसम्म सानिमा लाइफको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो ।
सुरुवाती कारोबारको दिन गत बिहीबार सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रति कित्ता तीन सय ३९ रुपैयाँ कायम भएको थियो । दोस्रो पटक कारोबार भएको दिन आइतबार तीन सय ७३ रुपैयाँ प्रति कित्ता पुगेको थियो । लगातार वृद्धि हुँदै यो बिहीबारसम्म आइपुग्दा यो कम्पनीको मूल्य पाँच सय ४७ रुपैयाँ प्रति कित्ता कायम भएको छ । अर्थात यसबीच सानिमाको सेयर मूल्य २०७ रुपैयाँ बढेको छ ।
भदौ १६ मा यो कम्पनीको आइपिओ दोस्रो बजारमा सूचीकृत भएको थियो । त्यसपछि बिहीबारबाट सुरु भएको कारोबारमा यो कम्पनीको सेयर मूल्य बढ्दै भएको हो । कम्पनीको कुल २ करोड कित्ता साधारण सेयर सूचीकृत भएको हो। जसमध्ये संस्थापक समूहको १ करोड ४० लाख कित्ता र सर्वसाधारण समूहको ६० लाख कित्ता छ।
नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि मूल्य प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसा तोकेको थियो । २०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरु गर्दै आएको थियो। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया