‘ऐना झ्यालको पुतली’ चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभलमा

काठमाडौं - बुसानमा वल्र्ड प्रिमियर भएको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ चेक रिपब्लिकको फिल्म फेस्टिभलमा छानिएको छ । निर्देशक सुजित विडारीका अनुसार फिल्म फेस्टिभलमा अप्रतिस्पर्धी विधामा प्रदर्शन हुन लागेको हो ।
जलिनको यो फेस्टिभल बालबालिका तथा युवा लक्षित फिल्म फेस्टिभल हो । फेस्टिभलमा बिहीबारबाट सुरु भएर अर्को बुधबारसम्म चल्नेछ । सुजितको निर्देशन रहेको ‘ऐना झ्यालको पुतली’ले दिदीभाइको सम्बन्धको कथा प्रस्तुत गर्छ । फिल्ममा सहरमा गएर पढ्न चाहाने युवतीको सपना पूरा नभएपछि भाइले दिदीलाई सहर पठाउन गर्ने संघर्षलाई पनि फिल्ममा प्रस्तुत गरिएको छ ।
सुजित बिडारीकै लेखनसमेत रहेको फिल्मलाई आइसफल प्रडक्सन र लोकल सिनेमा मिलेर निर्माण गरेका हुन् । फिल्ममा कञ्चन चिमोरिया, दिनेश खत्री, सिरु बिष्ट आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई अमर महर्जनले खिचेका हुन् भने फिल्मलाई किरण श्रेष्ठले सम्पादन गरेका हुन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया