झापाबाट हराएका रंगकर्मी स्याङजामा भेटिए

काठमाडौं : झापाको दमकबाट भदौ १९ गते राति १२ बजेदेखि परिवार र साथीहरूको सम्पर्कमा नरहेका रंगकर्मी प्रकाश दाहाल स्याङजामा भेटिएका छन् । उनले आफैं फेसबुक लाइभमा आउँदै आफू सकुशल रहेको र स्याङजा आइपुगेको जानकारी गराएका छन् ।
उनले भिडियोमा आफूले खबर नगरी हिँड्दा परिवार, साथीभाइ र आफन्तलाई परेको मार्काका लागि माफी मागेका छन् । ‘मोबाइल नबोकी हिँडेका कारण मैले जुन सास्ती दिएँ त्यसका लागि शिर निहु¥याएर माफी माग्न चाहान्छु’ उनले भनेका छन् ।
दमकको कदम थिएटरमा भइरहेको नाटकको कार्यशालामा प्रशिक्षण दिइरहेका प्रकाश मध्यरातमा कसैलाई केही नभनी बेपत्ता भएका थिए । केहीबेरमा आउँछु भनेर बेपत्ता भएका प्रकाश नफर्किए पछि थिएटरले परिवारलाई खबर गरेका थिए । परिवारले दमक प्रहरीमा निवेदन दिँदै खोजीका लागि आग्रह गरेको थियो ।
हराएपछिको दोस्रो दिन उनलाई इनरुवामा देखिएको हल्ला चले पनि पुष्टि भएको थिएन । उनी त्यताबाट पोखरा हुँदै स्याङजा पुगेका अनुमान गर्न सकिन्छ । उनले फेवातालको किनारमा बसेर लेखेको भन्दै लाइभमा ‘म हराएको हैन’ शीर्षकको कविता पनि पढेर सुनाएका थिए । उनले दमकमै दाह्री भाइको चिया पसल नामको चिया पसल पनि चलाएका थिए । तर हाल सो पसल बन्द रहेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया