ब्रिटिश र रुसी खोप मिश्रण गरेर कोभिड परीक्षण गरिने

ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन् । दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ ।
रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट छैन । अक्सफोर्डले हालै प्रकाशित गरेको परीक्षणको नतिजामा उसले एस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको कोभिड-१९ को खोप मानिसमा सुरक्षित र प्रभावकारी रहेको देखिएको छ ।
अध्ययनकर्ताहरूले वृद्ध व्यक्तिहरूको तथ्याङ्कमा काम गरिरहेका छन् भने यूकेको नियामक संस्था एमएचआरएको अनुमतिको प्रतीक्षा पनि गरिरहेका छन् एस्ट्राजेनेकाले अन्य उस्तै प्रकृतिका खोपहरूसँग मिश्रण गर्दा अझ राम्रो खोप विकास हुनसक्छ कि भनेर हेरिरहेको बताएको छ ।
ब्रिटिश खोप र रुसी खोपले उस्तै तरिकाले काम गर्छ जुन अहिले यूके, अमेरिका, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति प्राप्त गरेको फाइजरको खोपले काम गर्ने तरिकाभन्दा फरक हो ।
रुसी स्पुत्निक खोपको परीक्षणको नतिजा पनि उत्साहित हुने खालको भएको बताइएको छ । रुस आपत्कालीन प्रयोगका लागि कोभिड खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो । बीबीसी

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया