बागमती प्रदेशलाई एक करोडको स्वास्थ्य सामग्री सहयोग

हेटौंडा - बागमती प्रदेशलाई कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न प्रतिमान–निमा स्मृति प्रतिष्ठानले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।
प्रतिष्ठानले बागमती प्रदेशको लागि आइसोलेसन गाउन २४ सय थान, फेस शिल्ड २३ सय ३२ थान, मास्क ८४ सय प्याकेट, डिस्पोजेबल एन–९५ मास्क १८ सय थान, प्रोटेक्टिभ फेस शिल्ड १८ सय ९० थान, डिजीटल थर्ममिटर २० थान, पीपीइ– ५५६ थान, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोबस् १ लाख थान, केएन ९५ मास्क १५ हजार ३ सय ६० थान हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानले बागमती प्रदेशसँगै सातै प्रदेशमा ८ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले बताइन् । अन्तराष्ट्रिय प्रोजेक्ट होपको सहयोगमा स्वास्थ्य सामग्री प्रतिष्ठानले बिहीबार बागमती प्रदेशलाई हस्तान्तरण गरेको हो । यसअघि कर्णाली, सदुरपश्चिम र गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री प्रतिष्ठानले हस्तान्तरण गरिसकेको छ ।
प्राप्त स्वास्थ्य सामग्रीलाई बागमती प्रदेशको १३ जिल्लामा आवश्यकता अनुसार तुरुन्त वितरण गर्ने मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बताइन् । कुनै पनि स्वास्थ्य सामग्रीको दुरुपयोग नहुने प्रतिबद्धता गर्दै मुख्यमन्त्री शाक्यले सबै सामग्रीको सही सदुपयोग हुने र अभिलेख राखिने बताइन् ।
मुख्यमन्त्री शाक्यले नेपालको स्वाथ्य क्षेत्र अझै पनि सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरकारी क्षेत्र र नीजि क्षेत्र मिलेर काम गर्दा सरकारलाई टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
कोभिड–१९ सरकारले मात्र लडेर परास्त गर्न नसक्ने उनको भनाइ छ । नागरिक कोभिड प्रति अझै सचेत हुनुपर्ने भन्दै तेस्रो लहर आउने हुँदा सजग बस्नुपर्ने मुख्यमन्त्री शाक्यले बताइन् ।
बागमती प्रदेशमा अलगै स्वास्थ्य मन्त्रालय बनाएर कोभिड–१९ लागतय अन्य स्वास्थ्य क्षेत्रमा गम्भीर बन्नको लागि स्वास्थ्य मन्त्रलाय थप गरेको मुख्यमन्त्री शाक्यको भनाइ थियो । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य राख्दा स्वास्थ्य क्षेत्र नै हराएको भन्दै त्यसप्रति गम्भीर बन्न छुट्टै मन्त्रालयल स्थापना गरेको शाक्यले प्रष्ट पारिन् ।
कोभिड नियन्त्रण गर्न केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले सामूहिक प्रयास गर्नुपर्ने उनको भनाइ छ । तीन तहको सरकारले कोभिड नियन्त्रण र रोकथाम गर्न छुट्टै काम गर्दा प्रभावकारी नदेखिने भन्दै सामूहिक प्रयास गर्न प्रदेश सरकारले समन्वयको काम गर्ने उनले बताइन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया