जावेद अख्तरका मुद्दामा कंगनालाई झटका, अदालतले खारेज गर्याे उजुरी

मुम्बई : मुम्बई उच्च अदालतले जावेद अख्तरले कंगनाका विरुद्ध हालेको मुद्दा खारेज गर्न अस्वीकार गरेको छ । कंगनाले जावेदले हालेको मानहानीको मुद्दा खारेज गर्न मुम्बई उच्च अदालतसमक्ष माग गरेकी थिइन् । अदालतको कंगनाको अर्जी बिहीबार खारेज गर्ने निर्णय गरेको छ । यसले गीतकार अख्तरले कंगनाविरुद्ध हालेको मुद्धा यथावत रुपमा अगाडि बढ्नेछ ।
कंगनाले जावेद अख्तरमाथि सुशान्तसिंह राजपुतको आत्महत्या गराउन बाध्य पार्ने समूहको सदस्य भएको आरोप लगाएकी थिइन् । उनले रिपब्लिक टिभीका लागि अर्नब गोस्वामीसँग कुरा गर्दै अख्तरमाथि नातावादलाई पक्षपोषण गरेको र उनलाई यत्तिकै छाड्न नहुने तर्क गरेकी थिइन् ।
कंगनाको यो अन्तर्वार्ताको खिलाफमा गत वर्षकै नोभेम्बरमा अदालतमा मानहानीको मुद्धा दर्ता गराएका थिए । डिसेम्बरमा मजिस्ट्रेट अदालतले प्रहरीलाई कंगनाको अभिव्यक्तिको विरुद्धमा अनुसन्धान गर्न आदेश दिएको थियो । यसपछिका केही सुनवाईमा कंगना अदालतमा उपस्थित भएकी थिइन् ।
मुस्किलले अदालतबाट धरौटीमा छुटेकी कंगनाले केही समयअघि अख्तरको मुद्दा नै खारेज गरी पाउँ भनी उच्च अदालतमा निवेदन दिएकी थिइन् । यहाँबाट पनि उनले छुटकारा पाउन सकिनन् । शुक्रबार कंगनाको ‘थलाइवी’ रिलिज हुँदैछ । सेलिब्रेटी सोमा राम्रो प्रतिक्रिया पाएको यो फिल्मबाट कंगनाले पाँचौं राष्ट्रिय अवार्ड जित्नेसम्मका अनुमानको बाढी लागेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया