देखासिकीको कथामा लक्ष्मणको ‘गहना’

काठमाडौं : लक्ष्मण सुवेदीले सामाजिक विषय वस्तुमा निर्माण गरेको लघु चलचित्र ‘गहना’ सार्वजनिक भएको छ । आधा घन्टा लामो चलचित्रमा देखासिकीले निम्त्याउने पति पत्नीबीचको द्धन्द्ध र त्यसले सिर्जना गर्ने समस्यालाई प्रस्तुत गरिएको छ ।
चाडबाडको समयमा गहना र लुगाफाटोलाई लिएर हरेक घरमा सानोतिनो तनाव हुन्छ । तर श्रीमतीले घरको आर्थिक अवस्था नबुझी गहना र लुगाफाटोका लागि किचकिच गर्दा श्रीमान्ले कस्तोसम्म जोखिम मोल्ने अवस्था आउन सक्छ भन्ने कुरालाई फिल्मले प्रभावकारी रुपमा उतारेको छ । ‘गहना’लाई निर्देशक लक्ष्मण सुवेदीले तीन भागमा निर्माण गर्ने जनाएका छन् ।
फिल्ममा पति पत्नीको भूमिका नरेन खड्का र साया भण्डारीले निर्वाह गरेका छन् । फिल्ममा पुरन थापा पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मको लेखन लक्ष्मण सुवेदी स्वयंले गरेका हुन् भने फिल्ममा छायांकन विमल ढकालको रहेको छ । ललितसिंह साउदले सम्पादन गरेको फिल्ममा विनोज भुजेलको पाश्र्व संगीत छ । फिल्मलाई दिलासा क्रिएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी मिलेर निर्माण गरेका हुन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया