एमसीसी उच्च अधिकारी काठमाडौँ आइपुगे, सुरक्षा व्यवस्था कडा

काठमाडौँ- एमसीसी उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । भर्खरै मात्र कतार एयरको विमानबाट उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । बिहीबार बिहानदेखि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
विमानस्थलमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला नेपाल भ्रमण आएपछि उनीहरुको सुरक्षालाई लिएर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सुमारले नेपालले स्पष्टता खोजेका बुँदामा १५ पृष्ठ लामो हिजो मात्रै जवाफ पठाएकी थिइन् । अर्थमन्त्री जनार्दन शर्माले भदौ १८ मा एमसीसीलाई पत्र लेखेर नेपालमा सांसदहरू र नागरिक अगुवाहरू र आम नागरिक एमसीसीको अनुदान सहयोग सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) सम्बन्धी सम्झौतामा स्पष्ट हुन चाहेको भन्दै प्रश्नहरू पठाएका थिए ।
चार वर्षअघि सम्झौता भएपनि संसदबाट अनुमोदन भएपछि मात्र सहयोग परिचालन हुने भएकाले यसले लक्ष्य गरेका विकास आयोजनाको काम अघि बढ्न सकेका छैनन् । ३१२ किमी उच्च क्षमताको विद्युत् प्रसारणलाइन र अन्तरदेशीय विद्युत् व्यापार संरचनाका साथै सडक स्तरोन्नति गरी दुई परियोजना एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलर समकारक कोषमार्फत् कार्यान्वयन गर्ने सम्झौता छ ।
एमसीसीका तर्फबाट प्राप्त पत्रमा एमसीसी सहयोगको उद्देश्य गरिबी निवारण र सबै नेपालीका लागि समावेशी आर्थिक विकासको लाभ सिर्जना गर्नु हो भनिएको छ । अमेरिका र नेपालबीच ७० वर्षदेखि मित्रवत् सम्बन्ध रहेको भन्दै उक्त पत्रमा नेपाल र अमेरिकाबीचको सम्बन्ध साझा मूल्यमान्यता र सबै देशको सार्वभौमसत्ताको सम्मानको जगमा अडिएको उल्लेख छ । एमसीसीको उद्देश्य पारस्पारिक मित्रताको निरन्तरता रहेको भन्दै नेपालको लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिवद्धता र सबै नेपालीको सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धतामा सहयोग रहेको पत्रमा उल्लेख छ ।
सुमारले सुरुवातका भ्रमणमा एमसीसीको सहयोगका सम्बन्धमा सरकारदेखि सबै राजनीतिक पार्टीहरू, व्यवसायिक समुदाय, निकै सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गरेकी छिन् । ‘दुर्भाग्यवश, मेरो अघिल्लो भ्रमणमा एमसीसीको सहयोगलाई लिएर धेरै नै अतिरञ्जनापूर्ण र भ्रामक प्रचार र अभिव्यक्तिहरू आएको जानकारी पाएँ । एमसीसीमा कुनै पनि गोप्य एजेण्डा छैन,’ उनले भनेकी छिन्, ‘यो पत्र र त्यहाँबाट सोधिएका प्रश्नको जवाफ आम जनतामाझ सार्वजनिक गरियोस् भन्ने हाम्रो चाहना छ ।’
पत्रमा एमसीसीको अनुदान सहयोगमा निर्माण हुने परियोजनाले २ करोड ३० लाख नेपालीलाई विश्वसनीय उर्जा आपूर्ति गर्नुका साथै विद्युत प्रसारणको लागत कम गर्ने उल्लेख गरिएको छ । उनले नेपालले सोधेका प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुवै भाषामा पठाइएको भन्दै पत्रमा यसले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन सहयोग पुग्ने विश्वास लिएको उल्लेख गरिएको छ । एमसीसीले खुला जवाफ र पारदर्शी प्रक्रियाका लागि हर्दम तयार रहेको भन्दै अब सम्झौता संशोधन हुन नसक्ने उल्लेख गरेको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया