ब्रिक्स फोरम विश्वव्यापी औद्योगिक शृङ्खलालाई स्थिरताका लागि जोड

चीन (सियामेन)- पूर्वीचीनको फुजियान प्रान्तको बन्दरगाहनजिकको शहर सियामेनमा मङ्गलबार आयोजित ब्रिक्स फोरमको बैठकले अभिनव सहयोग र विश्वव्यापी औद्योगिक शृङ्खलाको स्थिरतामा जोड दिएको छ ।
ब्रिक्सलगायत विकासोन्मुख देशका कूटनीतिक दूत, अन्तरराष्ट्रिय सङ्गठनका प्रतिनिधि, सम्बन्धित सरकार, कम्पनी, अनुसन्धान संस्था र औद्योगिक सङ्गठनबाट उक्त ब्रिक्स फोरमको बैठकमा सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई भिडियोमार्फत सम्बोधन गर्दै रुसका उद्योग तथा व्यापार उपमन्त्री एलेक्सी ग्रुजदेवले ब्रिक्सले कोभिड–१९ महामारीले ल्याएका विकराल चुनौतीको सामना गर्दै अन्तरराष्ट्रिय सहयोगको लागि उत्कृष्ट उदाहरण बनेको बताएका छन् ।
उनकाअनुसार ब्रिक्स सदस्य रहेका देशले प्रविधि, उत्पादन, व्यवस्थापनको अनुकूलनतामा आधारित रहेर डिजिटलाइजेशनको फाइदा लिँदै एक साथ सहकार्य गर्दै दीगो विकासमा टेवा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सियाओ याकिङले ब्रिक्स देशले नयाँ औद्योगिक क्रान्ति परियोजना विकास, नीति समन्वय, प्रतिभा प्रशिक्षणमा प्राविधिक प्रगति, औद्योगिक रूपान्तरण र आर्थिक विकासलाई सहज बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका राष्ट्र सहभागी छन् । (सिन्हवा)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया