तनहुँमा पाँच दिनदेखि खानेपानी अवरुद्ध

दमौली - ब्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको पानी अवरुद्ध भएको पाँच दिन बित्दा पनि सञ्चालन हुन सकेको छैन । सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्ने ब्यासनगरपालिका–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप सोही वडास्थित धारापानीमा ठूलो पहिरा खस्दा अवरुद्ध भएकाले पानी सञ्चालन हुन नसकेको हो ।
गत भदौ १७ र १८ गते दुई दिन परेको अविरल वर्षापछि उक्त स्थानमा डाँडो नै खसेर क्षति हुँदा अस्थायी रूपमा पानी सञ्चालन गर्न प्रयास भइरहेको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
पहिराले क्षति भएको स्थानहरूमा पाइप जडान गर्ने कार्य गरिए पनि पानी नझरेकाले अझै मर्मत गर्नुपर्ने देखिएको उनले बताए । पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएकाले पानी आपूर्तिमा कठिनाइ हो । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूलाठूला ढुङ्गा थुपारेका कारण अस्थायी रूपमा भए पनि पोलिथिन पाइपको प्रयोग गरी पानी सञ्चालन गर्न प्रयास थालिएको हो ।
पहिरोले खानेपानीको २०० एमएम ६५ मिटर जीआई पाइप बगाएर क्षति हुँदा करिब पाँच लाख बराबरको क्षति भएको खानेपानी संस्थाले जनाएको छ । उक्त खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेकामा पहिराले बगाएर अवरुद्ध हुँदा पानी वितरणमा समस्या देखिएको छ ।
उक्त खानेपानी संस्थाले ब्यासनगरपालिका–१ र १२ वडाका करिब दुई हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको समितिका सचिव राजेश्वर हड्खलेले बताए । पहिराले क्षति बनाएपछि अस्थायी रूपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि चाँडो पानी सञ्चालन गर्न समितिले छलफल गरी निर्माण अघि बढाएको हो । रासस
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया