जब बीच सडकमा युवाहरुमाथि प्रहरीले लाठी बर्सायो

काठमाडौँ - नयाँ बानेश्वरमा दुई युवा समूहबीच झडप भएपछि प्रहरीले लाठी बर्साएको छ । घटना बुधबार दिउँसोको हो । एमाले निकट युवा संघ, उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका युवाहरुबीच झडप भएपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका युवाहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नाराबाजी गरेपछि युवा संघले सडकमै उनीहरुमाथि आक्रमण गरेको थियो । युवाहरुबीचमा झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो । झडपका क्रममा केही युवा घाइते भएका थिए ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया