पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला

काठमाडौँ – पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला गरिने भएको छ । हरितालिका तीजमा महिला भक्तजनलाई मध्यनजर गरेर मन्दिर खुला गरिने भएको हो । बुधबार बसेको सुरक्षा समितिको बैठकले शुक्रबारदेखि मन्दिर खोल्ने निर्णय गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।
कोभिड जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गरिने भएको कोषका कार्यकारी निर्देशक खतिवडाको भनाइ छ । कोभिड जोखिम पूर्णरूपमा नहटेकाले दिउँसो १ बजेसम्म मात्र मन्दिर खुला गरिने उनले बताए ।
‘मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कनुपर्ने साथै भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने र एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश दिइने छ,’ उनले भने । विशेष पूजा भने केही सातापछिदेखि खुला गरिने कोषले जानकारी दिएको छ । कोभिड महामारीका कारण ०७६ चैतमा पहिलोपटक बन्दाबन्दी हुँदा भक्तजनका लागि नौ महिनासम्म मन्दिर बन्द गरिएको थियो ।
११ चैत ०७६ देखि बन्द गरिएको मन्दिर १ पुस ०७७ देखि बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने २५ फागुनमा रहेको महाशिवरात्रिदेखि सुरु गरिएको थियो ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया