आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

एमसीसीविरुद्ध दैनिक सडक प्रदर्शन (फोटोफिचर)

काठमाडौँ - एमसीसी सम्झौताको विरोधमा काठमाडौँमा आज पनि विरोध प्रदर्शन भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीले माइतीघरमा जम्मा भई विरोध र्यालीसहित नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । 

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिष्ट नेताहरु नेताहरु सीपी गजुरेल र सीपी मैनालीको उपस्थिती थियो । यस्तै एमसीसीविरुद्ध राष्ट्रिय अभियानले पनि बुधबार नेपाल कमर्श क्याम्पसबाट विरोध जुलुस निकालेको छ । 

क्याम्पस प्रांगणबाट जुलुस निकालेर संसद भवनअघि जाने कार्यक्रम भएपनि प्रहरीले बीच बाटोबाटै पाँच जना प्रदर्शनकारीलाई पक्राउ समेत गरेको थियो ।