लाहोरको प्रदर्शनले सरकारलाई अप्ठेरो पर्ने पाकिस्तानका विपक्षी दलहरूको दाबी

इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुध्दमा यहाँका विपक्षीहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन् । उनीहरूले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुश नरोक्ने पनि बताएका छन् । प्रधानमन्त्री खानले शुक्रबारमात्र यहाँका विपक्षी दलहरुलाई सो आग्रह गरेका थिए ।
पाकिस्तानका प्रमुख विपक्षी दल पिपिपिका अध्यक्ष विलावल भुट्टोले यो विरोध प्रदर्शनले सरकारलाई आफू कमजोर भएको सन्देश दिने बताए । उनले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा भने – यो सरकारका विरुध्दमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का मिल्ने छ । तर पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएको छ । त्यसैले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न प्रधानमन्त्री खानले भनेका हुन् ।
पाकिस्तानमा वर्तमान सरकारका विरुध्दमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् । ती विपभक्षी दलहरुले भोलि आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् । यसअअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुध्दमा हुने भनिएको विरोध प्रदर्शन रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको थियो । तर विपक्षी दलहरुले भने कराँची, पेशावरलगायतका विभिन्न स्थानमा विशाल रुपमा विरोधका कार्यक्रम गरेका छन् ।
एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले भने आन्दोलन जारी राखेका छन् । पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् । तर यो महामारीका बीचमा पनि विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनका कारण विभिन्न स्थानमा झडपहरु पनि भएका छन् ।
यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएका बताइएको छ । (रासस)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया