जिल्ला पठाइने पासपोर्ट हुलाकले बोक्ने

काठमाडौँ - मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरण गर्न थालेको ११ वर्षपछि बल्ल हुलाक सेवा विभागले पासपोर्ट जिल्ला-जिल्ला पुर्याउने भएको छ । राहदानी विभागले तयार गरेको पासपोर्ट र राहदानी विभागका लागि जिल्ला स्थित संकलन केन्द्रले पठाउने डकुमेन्टहरू हुलाक सेवाले ल्याउने र पुर्याउने गर्नेछ ।
राहादनी विभागले एक दशकदेखि हुलाक सेवाबाट नै गर्ने भने पनि हुलाकले सुरक्षित ढंगले लैजान नसक्ने भनेपछि राहदानी विभाग पछि हटेको थियो । यतिबेला हुलाक सेवाले आफ्नो काममा सुधारसँगै आँटगरेपछि राहदानी ढुवानी ६५ भन्दा बढी जिल्लामा उसै मार्फत हुने भएको हो ।
असोज एक गतेबाट हुलाक सेवा विभागले राहदानी लैजाने र डकुमेन्ट ल्याउने काम गर्नेछ । केन्द्रमा तयार पासपोर्ट ढुवानी सेवा गर्ने गरी बुधबार हुलाक सेवा विभाग र राहदानी विभागबीच सम्झौता भएको हो । हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्ण र राहादानी विभागका महानिर्देशक डोरनाथ अर्यालबीच बुधबार सम्झौता भएको हो ।
हुलाकले ६५ भन्दा बढी जिल्लामा राहदानी पुर्याउने गरी राहदानी विभागसँग सम्झौता गरेको हो । यसभन्दा अघि विभागमा तयार भएका पासपोर्ट र जिल्लाबाट आवेदन दिएका कागजातको प्रमाण-पत्रहरू बुद्ध एयरले वा कर्मचारी आफैँले काज मिलाएर काठमाडौँ ल्याउने र लैजाने गर्दै आएका थिए ।
पासपोर्टको सम्पूर्ण सुरक्षाको व्यवस्था जिम्मेवारी हुलाकले लिनेछ । डवल भल्व राखेर पानी समेत नपस्ने गरी व्यवस्ठा गरेर हुलाक मार्फत पठाउने सम्झौता भएको राहदानी विभाका महानिर्देशक अर्यालले इकागजलाई बताए । अहिले जिल्ला जिल्लामा पठाउने सम्झौता भएको छ र पछि त्यो व्यक्तिको हातहातमा पनि हुलाक मार्फत पुर्याउन सकिने उनले बताए । यद्यपि त्यसका लागि हुलाक सेवा विभागले पनि आफ्नो चुस्तता र विश्वसनीयतालाई विस्तार गर्न आवश्यक छ, उनले भने ।
ढुवानीका सवारी साधनमा सेफ वा भल्टको व्यवस्था गर्नुपर्नेछ । यस्ता सामग्रीहरू सबै हुलाक कार्यालयमा हुने गरी सम्झौता पत्रमा उल्लेख गरिएको छ । हुलाक सेवाले पासपोर्टको ढुवानी गर्दा बार-कोडसहितको हुलाकी प्रणालीमा दर्ता गरी सम्बन्धित गन्तव्यको ठेगानासम्म पुर्याउने व्यवस्था गर्नुपर्नेछ । राहदानी विभागले पासपोर्टको कहाँ पुगेको छ भनेर ट्रयाकिङको व्यवस्था मिलाउनुपर्नेछ ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीको राहदानी गोश्वारा हुलाकको सवारीसाधनले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुर्याउनेछ । तत्काल रसुवा, नुवाकोट, काठमाण्डौँ, ललितपुर र भक्तपुरमा राहदानी पुर्याउने व्यवस्था राहदानी विभागले व्यवस्था गर्नुपर्नेछ ।
राहदानी विभगले इपासपोर्ट जारी गर्न थालेपछि डकुमेन्ट ल्याउन नपर्ने र राहदानी मात्र लगे हुनेछ । त्यो समयसम्म हुलाकले आफूलाई सुधारेमा व्यक्ती व्यक्तीलाई पासपोर्ट उपलब्ध गराउन सक्नेछ । यो सम्झौता हुलाक सेवाका लागि अवसर पनि हो । सेवा सक्रिय हुने र जनमानसमा फेरि पुग्ने अवसर पनि हो ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया