युवा संघ कार्यालयमा प्रहरीको धरपकड

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालको कार्यलयमा पसेर प्रहरीले धरपकड गरेको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सभामुख अग्नि सापकोटाको विरोध गर्दै बुधबार प्रदर्शनमा उत्रिएका युवा संघका नेता, कार्यकर्तालाई प्रहरीले कार्यालयमै पसेर धरपकड गरेको हो ।
एमसीसी मुलुकको हितमा नभएको र एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा युवा संघले बुधबार दिउँसो माइती घर मण्डला र नयाँ वानेश्वरमा विरोध प्रदर्शन गरेको थियो । विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कुटपिट गरेको र वानेश्वर कृष्णटावरस्थित कार्यालयमा पसेर कुटपिट गरेको संघका सचिव जय गुरुङले इकागजसँग भने । गुरुङका अनुसार प्रहरीले कार्यालयमै पसेर कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा, सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू सम्राट गौचन, वकिल वम, सचिवालय सदस्य समुन्द्र तिमल्सेना, अच्युतम सापकोटालगायत घाइते भएका छन् ।

उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

प्रतिक्रिया