नयाँ कृषि कानुनले किसानलाई फाइदा पुग्छ : मोदी

नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले हालै पास गरेका कृषि कानुन किसानको हितमा भएको शनिबार बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सरकारले किसानको हितमा काम गर्न प्रतिवध्द रहेको बताउँदै नयाँ कानुन यसका लागि सहायक हुने बताए ।
“शीत भण्डारण संरचनालाई आधुनिकीकरण गरिने छ । यसले कृषि क्षेत्रमा थप लगानी भित्राउने छ र यसबाट किसानहरू सबैभन्दा बढी लाभान्वित हुनेछन्,” मोदीले भारतको ‘फेडेरेसन अफ च्याम्वर्स अफ कमर्स एण्ड इन्डट्रिज (एफआईसीसीआई)’ को एक कार्यक्रममा बताए । मोदीको यो भनाइ भारतीय किसान संगठनहरूले सरकारले जारी गरेको कानुन किसानविरोधी भएको भन्दै राजधानी दिल्लीलाई देशका अन्य राज्यका प्रमुख शहरलाई जोड्ने राजमार्गमा प्रदर्शन गरी यातायात सेवालाई अवरूध्द गरिरहेका समय आएको हो ।
मोदीले आन्दोलनलाई संकेत गर्दै भने, “हामीले कृषि र यससँग जोडिएका कृषि संरचना, खाद्यान्न प्रशोधन, भण्डारण र शीत भण्डारणजस्ता विषयमा पर्खाल खडा गर्ने षड्यन्त्र भइरहेको महशुस गरेका छौं । वास्तबमा नयाँ कानुनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने सरकारको प्रयास रहेको र यसले कृषि बजारलाई प्रविधिसँग जोडेर सुधारका लागि सहयोगी भूमिका खेल्नेछ ।”
किसानहरूको दिल्लीलाई प्रभावित पार्ने गरी राजमार्गमा भएको प्रदर्शन शनिबार १७ औँ दिनमा प्रवेश गरेको हो । हालै संसदबाट अनुमोदन गरेका किसानको उत्पादन बाणिज्य तथा व्यापार प्रोत्साहन र प्रवद्र्धन ऐन २०२०, किसानलाई सशक्तिकरण र संरक्षण सम्झौताका लागि मूल्य बिमा र कृषि सेवा ऐन २०२० र अतिआवश्यकीय वस्तुहरूको संशोधित ऐन २०२० ले बिसानको पक्षमा भन्दा उद्योगी व्यवसायीलाई खुशी पार्न खोजिएको आरोप आन्दोलनरत किसान समूहहरूले लगाएका छन् ।
किसानहरूको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस र राजधानीमा पकड राखेको आम आदमी पार्टीलगायतका दलको समर्थन रहेको छ । (रासस)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया