आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

गोर्खाज फाइनान्सको साधारणसभा रोक्न उच्च अदालतको आदेश

काठमाडौँ - पाटनको उच्च अदालतले भदौ २४ मा हुने भनिएको गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा रोक्न आदेश दिएको छ । सेयरधनीहरूको उम्मेदवार हुन पाउने हकमा क्षेति पुग्नेभन्दै अदालतले यस्तो आदेश दिएको हो । ऐनबमोजिम कम्तिमा सात दिनअघि साधारण सभा हुने भनि सूचना प्रकाशन गरेर साधारणसभा डाक्न अदालतले आदेश दिएको हो ।

न्यायाधीश डा. खुशीप्रसाद थारु र न्यायाधीश नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । छलफलमा अधिवक्ता राजेश कुमार बटाला तथा विपक्षीका तर्फबाट अधिवक्ताहरू विजयप्रसाद मिश्र,  मैजर थापा, खडानन्द कंडेल, गणेश दाहाल र धर्मराज पौडेलले बहस गरेका थिए । 

यो पनि पढ्नुहोस् :

गोर्खाज फाइनान्ससँग धितोपत्र बोर्डले माग्यो स्पष्टीकरण

गोर्खाज फाइनान्सको साधारणसभा रोक्न सिडिओको आदेश

गोर्खाज फाइनान्सको साधारणसभा विवादमा