गृह मन्त्रालयको विज्ञप्तिविरुद्ध सर्वाेच्चमा रिट, २७ भदौलाई पेशी तोकियो

काठमाडौँ – गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ । मन्त्रालयले गत शुक्रबार एमसीसी परियोजनालाई इंगित गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तीनको सम्पत्तिलाई लक्षित गरी नकरात्मक टिप्पणी गर्नेलाई कडा कारबाही गरिने भन्दै विज्ञप्ति जारी गरेको थियो ।
गृहको उक्त विज्ञप्तिको चौतर्फी आलोचना र विरोध भइरहेको छ । उक्त विज्ञप्तिले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता हनन् भएको भन्दै अधिवक्ता प्रवेश केसीले सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । उनको रिटमाथि भदौ २७ गते पेशी तोकिएको छ ।
रिटमा संवैधानिक एवंम् कानुनी औचित्यता नखुलाई, सन्दर्भ र पृष्ठभूमि नजोडी कुन विदेशी विकास आयोजनामा कस्तो प्रभाव परेको हो नखुलाई विज्ञप्ति जारी गर्दा नागरिकको मौलिक हक अतिक्रमण भएकोले र उक्त कदम गैरसंवैधानिक भएकोले सूचना बदर गर्न माग गरिएको छ ।

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

प्रतिक्रिया